गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

गाैमुल पूर्वाधार विकास समितिको निर्णय : संरचना निर्माणमा ध्यान दिऔं

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
गाैमुल पूर्वाधार विकास समितिको निर्णय : संरचना निर्माणमा ध्यान दिऔं

बाजुरा: गौमुल गाउँपालिकामा पूर्वाधार विकास समितिको बैठक आज बसेको छ । पालिकामा समग्र पूर्वाधारको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने बिषयमा व्यापक छलफल गरिएको इन्जिनियर धर्म खडायतले बताउनुभएको छ ।

सम्पूर्ण वडामा पूर्वाधार विकासको अवस्था, आगामी दिनमा गरिनुपर्ने क्रियाकलाप र थप प्राविधिकहरुले सुधार गर्नुपर्ने बिषयमा समितिमा समीक्षा तथा छलफल गरिएको खडायतले बताउनुभएको छ ।

समीक्षा बैठकमा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले निर्माण हुने हरेक संरचनालाई दिर्घकालिन रुपमा समेत असर नहुने गरी सबै संयन्त्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्राविधिकलाई मात्र दोष नदिएर ठेकेदार, उपभोक्ता समिति सबैले अपनत्वको साथ संरचना बलियो बनाउनुपर्छ भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउनुभएको छ ।

सबैले जिम्मेवारीका साथ काम गरेमा विकासले चाडैं कोल्टो फेर्ने बताउँदैं विकास हुदैं जानु र गुणस्तर नहुनुले थप समस्या निम्तिने गर्ने बताउनुभएको छ ।

पूर्वाधार विकास समितिका सभापति अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कलक बहादुर सिंह, गोरख बोहरा, प्रकाश रोकाया, देव बहादुर रोकाया, देवेन्द्र रोकाया लगायत प्राविधिकहरुको सहभागीता रहेको थियो ।
 

प्रतिक्रिया