गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२७
Dho

नेपाल रेडक्रस सोसाइटी उप-शाखा मानाकोटको सभापतिमा ज्ञान बहादुर रोकाया

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
नेपाल रेडक्रस सोसाइटी उप-शाखा मानाकोटको सभापतिमा ज्ञान बहादुर रोकाया

बाजुरा : नेपाल रेडक्रस सोसाइटी मानाकोट उप-शाखाको अधिवेशन सम्पन्न भएको छ । गौमुल गाउँपालिका–४ को वडा कार्यालयस्थित निलासैनमा उप–शाखाको १२ औं वार्षिक साधारण सभा तथा चौथों अधिवेशन नयाँ कार्यसमिति चयन गरी सम्पन्न भएको हो ।  

अधिवेशनबाट नेपाल रेडक्रस सोसाइटी मानाकोटको सभापतिमा ज्ञान बहादुर रोकाया चयन भएका छन् । रेडियो गौमुलका सञ्चालक समितिका अध्यक्ष समेत रहेका रोकायाको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उप-सभापतिमा उमा रोकाया, सचिवमा खडक बहादुर (रोकाया) सार्की, सहसचिव प्रकाश विक, कोषाध्यक्ष खिना बुढा, सहकोषध्यक्षमा लोकेन्द्र बुढा चयन भएका छन् ।  

निर्वतमान सभापति कलक बहादुर सिंहको अध्यक्षतमा सञ्चालन भएको अधिवेशनको प्रमुख अतिथिमा भूमि आयोग बाजुराका अध्यक्ष जनक रोकाया रहेका थिए । भने विशिष्ट अतिथिवडा नं.४ वडाध्यक्ष अमर बहादुर विक,  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य मदन रोकाया लगायत रहनुभएको थियो ।

प्रतिक्रिया