गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२९
Dho

वडा कार्यालयसम्म छिटो सडक पुगाऔं : वडा अध्यक्ष देव रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
वडा कार्यालयसम्म छिटो सडक पुगाऔं :  वडा अध्यक्ष देव रोकाया

बाजुरा: गौमुल गाउँपालिका–२ का वडा अध्यक्ष देव बहादुर रोकायाले पनि वडामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । वडामा निर्माणाधीन विभिन्न योजनाहरुको संयुक्त रुपमा अनुगमन गर्नुभएको हो । वडामा निर्माणाधीन योजनाहरुको गुणस्तर र कामको बारेमा प्रत्यक्ष स्थलमा गएर जानकारी लिनुभएको हो ।

वडामा निर्माण भईरहेको आँगर देखि वडा नम्बर २ को वडा कार्यालय तल्लोदुगुन जोड्ने निर्माणाधीन सडकको निर्माणको अवस्था बारे पनि अनुगमन गुर्नभएको छ । सडकलाई तत्काल वडा कार्यालयको केन्द्रसम्म जोड्ने गरी कार्य गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माणको अवस्था बारे पनि अनुगमन गुर्नभएको हो । यस्तै दहकोट स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनका बारेमा स्वास्थ्यकर्मीहरुसंग छलफल समेत गरिएको छ । सुरक्षित गर्भपतन सेवाको प्रभावकारीता र थप सुधार गर्नुपर्ने बिषयमा छलफल गरिएको बताईएको छ ।

दहकोट स्वास्थ्य चौकी र मानाकोट स्वास्थ्य चौकीले १० हप्ता भित्रको गर्भपतनका लागि औषधी खुवाएर गर्भपतन गराउन अनुमति पाएको गौमुल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताउनुभएको छ ।

गर्भपतन गराउने औषधी अनुमति नभएको जुनसुकै ठाउँबाट लिएर सेवन नगर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । अनुगमनमा वडा अध्यक्ष अध्यक्ष देव बहादुर रोकाया, वडा सदस्य प्रेम रोकाया, गीता रोकाया, प्राविधिक ध्रवराज थापा, फिल्ड सहायक प्रेम सार्की लगायत, स्वास्थ्यर्मीको सहभागीता रहेको थियो । 

प्रतिक्रिया