गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१४
Dho

गाैमुलमा कृषक समूहको लगानीमा खानेपानी मर्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
गाैमुलमा कृषक समूहको लगानीमा खानेपानी मर्मत

बाजुरा: गौमुल गाउँपालिका–४ कौडाकोटमा रहेको एक घर, एक करेशाबारी कृषक समूहले आफ्नै लगानीमा खानेपानी निर्माण गरेको छ । वडा कार्यालयको समन्वय, सहकर्मी समाजको सहजीकरण तथा समूहको नेतृत्वमा खानेपानी निर्माण गरिएको हो ।

स–साना कामका लागि वडा तथा पालिका सरकारको बजेट पर्खिनुपर्ने बाध्यताको अन्त्य गरी समाजमा सकरात्मक नयाँ सन्देश दिनका लागि समूह र स्थानीयको जनश्रमदानमा खानेपानी मर्मत गरिएको समूहका अध्यक्ष रेखा बुढाले बताएकी हुन् ।

फाट्टोला टोलका १५ बढी घरधुरीलाई खानेपानी व्यवस्थापन गर्न जनश्रमदानमा निर्माण गरिएको छ । समूहको केही लगानी र अन्य जनश्रमदानमा खानेपानी मर्मत गरिएको उहाँले बताएकी छन् ।

वडा सदस्य मंगल धामी सहित स्थानीय ४० बढीको सहभागीतामा खानेपानी मर्मत गरिएको हो । कौडाकोटका स्थानीयको सक्रियतामा अन्य विभिन्न सन्देशमूलक कार्य गर्ने गरी निर्णय गरिएको सहकर्मी समाजका सामुदायिक प्रशिक्षक प्रदीप सार्कीले बताउनुभएको छ ।

यस्तै सोही वडाको डाँडाबाडा टोलमा समेत खानेपानी फोहर र घर आँगन फोहर बारे छलफल गरिएको छ । आगामी फागुन २६ गते डाँडाबाडा टोलभरि घर आँगन सरसफाई, खानेपानीका मुहान तथा धारा सरसफाई गर्ने निर्णय गरिएको खडेरी कृषक समूहका अध्यक्ष भावना विकले बताउनुभएको छ ।

No description available.

जसको नेतृत्व स्वयंम विकले गरेर डाँडाबाडा टोलमा व्यापक रुपमा सरसफाई गरिने कार्यक्रम तय गरिएको छ । टोलमा रहेका सार्वजनिक संरचना तथा अन्य ठाउँको सरसफाई गरिने भएको छ । पछिल्लो समय गौमुल गाउँपालिका सबै वडाका नागरिकहरु विभिन्न सन्देश दिने खालका क्रियाकलापमा सक्रिय बन्न थालेका छन् । 

प्रतिक्रिया