गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०६
Dho

वडा अध्यक्ष अमर विकद्धारा विभिन्न योजनाको अनुगमन तथा छलफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
वडा अध्यक्ष अमर विकद्धारा विभिन्न योजनाको अनुगमन तथा छलफल

बाजुरा: गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर बहादुर विकले वडामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन तथा छलफल गर्नुभएको छ । वडा अध्यक्ष विकले मंगलबार वडामा निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमनका साथ स्वास्थ्य संस्थाहरुसंग छलफल समेत गर्नुभएको छ ।

वडामा निर्माणाधीन योजनाहरुको गुणस्तर र कामको बारेमा जानकारी लिनुभएको हो । वडामा निर्माण भईरहेको सत्य आधारभूत विद्यालयको भवन निर्माणको अनुगमन, वडाका सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माणको अवस्था बारे पनि अनुगमन गुर्नभएको हो ।

सत्य आधारभूत विद्यालयका भवन निर्माणको अनुगनका क्रममा वडा अध्यक्ष विकले शीघ्र रुपमा विद्यालय भवन निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ ।

No description available.

यस्तै मानाकोट स्वास्थ्य चौकी निलासैनमा सुरक्षित गर्भपतनका बारेमा स्वास्थ्यकर्मीहरुसंग छलफल समेत गरिएको छ । सुरक्षित गर्भपतन सेवाको प्रभावकारीता र थप सुधार गर्नुपर्ने बिषयमा छलफल गरिएको बताईएको छ ।

मानाकोट स्वास्थ्य चौकीले १० हप्ता भित्रको गर्भपतनका लागि औषधी खुवाएर गर्भपतन गराउन अनुमति पाएको अनमी लक्ष्मी बोहरा रोकायाले बताउनुभएको छ ।

गर्भपतन गराउने औषधी अनुमति नभएको जुनसुकै ठाउँबाट लिएर सेवन नगर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । अनुगमनमा वडाका अध्यक्ष अमर विक सहित, वडाका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो । 

No description available.

प्रतिक्रिया