गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ००:२७

सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्डमा बाजुरा छटौं स्थानमा, दुई जिल्ला स्वर्ण विहीन

केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड बैशाख पहिलो साता आयोजना गर्ने तयारी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्डमा बाजुरा छटौं स्थानमा, दुई जिल्ला स्वर्ण विहीन

बाजुरा : बाजुरा सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १ स्वर्णमा सीमित बनेको छ । फागुन २० र २१ गते सञ्चालित शिल्डमा बाजुराले १ स्वर्णमै चित्त बुझाएको हो । ६६ वटा स्वर्णका लागि प्रतिस्पर्धा गरिएको थियो । 

१४ औं प्रदेश स्तरीय शिल्डमा बाजुराले १ स्वर्ण सहीत ६ रजत र १३ कास्य सहीत २० वटा पदम ल्याएर छैटौं स्थानमा समेटिएको छ । सहभागि नौ वटा जिल्ला मध्ये कैलाली पहिलो र कंचनपुर द्धितीय भएका छन् । डडेल्धुरा तृतीय स्थान ल्याउन सफल भएको छ ।

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ वटा कास्य पदका हात पारेको छ । यस्तै द्धितीय भएको कंचनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य हात पारेको छ । डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य जितेर तृतीय स्थान ल्याउन सफल भएको छ । 
बैतडी ५ स्वर्ण, २ रजत र १० कास्य ल्याएर चौथो स्थानमा समेटिदा बझाग २ स्वर्ण, ४ रजत र १३ कास्य सहीत पाँचौ स्थानमा रहन सफल भएको छ । छैंटौ स्थान ल्याएको बाजुरा पछि सातौं स्थानमा अछाम रहेको छ । अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक हात पारेको छ । 

आठौं र नवौ स्थानमा ल्याएका डोटी र दार्चुला भने स्वर्ण विहिन बनेका छन् । दुबै जिल्लाले कुनैपनि खेलमा स्वर्ण पदक जित्न सकेनन् । दार्चुलाले ४ रजत र ३ कास्य, डोटीले ३ रजत ८ कास्य पदकमै चित्त बुझाएर फर्किएको छ । खेलमा कैलाली र कंचनपुर नै हाबी देखिएका छन् ।

प्रदेश स्तरीय खेलमा जितेका खेलाडीले केन्द्रीय रनिङ शिल्डमा भाग लिन पाउने छन् । जिल्लाबाट छनोट भएकाहरुले प्रदेशमा भाग लिएर खेल खेलेका हुन । केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड बैशाख पहिलो साता आयोजना गर्ने तयारी गरिएको छ ।

पहाडी जिल्लामा बाजुराको नजिता अछाम, बझाङ र दार्चुला भन्दा यो वर्ष राम्रो देखिएपनि लगानी र तयारी अनुसारको उपलब्धी अझै देखिएको छैन् ।  

प्रतिक्रिया