गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२७
Dho

व्यवसायी काँशी रोकायालाई पितृ शोक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १९, २०८०
व्यवसायी काँशी रोकायालाई पितृ शोक

बाजुरा : सफल व्यवसायी काँशी रोकायालाई पितृ शोक परेको छ । गौमुल गाउँपालिका–१ अम्लिस स्थायी घर भएका व्यवसायी रोकायाको पिता चन्द्रलाल रोकायाको आफ्नै निवासमा ८५ वर्षको उमेरमा शनिबार निधन भएको हो । धनगढीमा विगत लामो समयदेखि व्यवसाय गर्दै आउनुभएको काँशी रोकाया, आनन्द रोकाया र जनक रोकायालाई पितृ शोक परेको हो ।

सामाजिक सेवाका लागि योगदान गरेका रोकायाको निधन प्रति वडाले सधैं स्मरण गरिरहने वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताउनुभएको छ । निधन प्रति दुःख व्यक्त गर्दै समाज र गाउँको विकासका लागि पुर्याएको योगदान सधैं जीवित रहने बताउनुभएको छ । त्यस्तै गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले समेत गहिरो दुःख व्यक्त गर्नुभएको छ । 
 

प्रतिक्रिया