गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०६
Dho

मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम बुढीगंगा नगरपालिकामा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन १८, २०८०
मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम बुढीगंगा नगरपालिकामा सुरु

बाजुरा : बुढीगंगा नगरपालिकाले मेलमिलाप सहजकर्ताहरुका लागि पुर्नताजकीय तालिम सञ्चालन गरेको छ । न्यायीक समिति अन्र्तगत रहेर काम गर्ने मेलमिलाप कर्ताहरुका लागि तीन दिने तालिम सञ्चालन गरिएको न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख माया कुँवर खड्काले बताएकी छन् ।

तालिमको उपप्रमुख कुँवरले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । मेलमिलाप नीति, मेलमिलाप सहजकर्ताका काम कर्तव्य र अधिकार, मेलमिलाप गर्दा ध्यान पुर्याउने विषयहरुका बारेमा जानकारी गराइने भएको छ । 

तालिममा न्यायीक समितिमा आउने उजुरी र न्यायीक सम्पादन गर्दा कानुनी रुपमा ख्याल गर्नुपर्ने कुराहरुलाई समेत तालिममा जानकारी गराइने भएको छ ।  अधिवक्ता हर्कबहादुर खडायत र तुलाराम जैशीले सहजीकरण गर्ने तालिममा ३० जना सहभागी छन् । ती सबै सहभागिलाई यस अघि पालिकाकै अगुवाईमा कानुनी परामर्श तथा सचेतना बारे ४८ घण्टे तालिम पनि दिएको थियो ।

मेलमिलाप कर्ताहरुलाई थप क्षमता अभिवृद्धिका लागि पुर्नताजकीय तालिम सञ्चालन गरिएको उपप्रमुख माया कुँवर खड्काले बताएकी छन् । तालिम उद्घाटन समारोहमा धर्मराज जैशी, सुशीला मिजार, निमित्त प्रसाशकीय अधिकृत प्रेमराज जैशी, बुढीगंगा- ६ का कार्यवाहक अध्यक्ष पार्वती पाध्याय सहीत सहभागी बनेका थिए । तालिम फालासैनमा रहेको बडीमालिका होटलमा सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया