गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४४
Dho

सदरमुकाम मार्तडीमा दुई दिन विद्यतु बन्द हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन १८, २०८०
सदरमुकाम मार्तडीमा दुई दिन विद्यतु बन्द हुने

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा शनिवार र आईतबार २ दिन राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।बाजुरा वितरण केन्द्रले आज एक सार्वजनिक सूचना जारी गर्दै बन्द हुने बताएकाे छ । 

बाजुरा वितरण केन्द्र अन्तर्गत बल्दे देखि अम्कोट सम्मको ३३ केभी प्रशारण लाईनमा ११ केभी कम्पोजिट लाईन निर्माणको काम गरिने भएकोले मार्तडीमा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो । 

बाजुरा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार शनिबार १९ गते विहान ७ बजे देखि बेलुका ६ बजे सम्म र आईतबार विहान ७ बजेदेखि १० सम्म र दिउँसो साढे २ देखि बेलुका ६ बजेसम्म लाईन सर्टडाउन गरिने भएको छ ।

ग्राहकमा पर्न गएको असुविधा प्रति नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले क्षमा प्रार्थी छ सूचनामा भनिएको छ । तोकिएको समय अगावै कार्य सम्पन्न भएमा विद्युत लाईन सुचारु समेत हुने भएको छ । 

प्रतिक्रिया