गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४२
Dho

अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड पुनः सुचारु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन १३, २०८०
अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड पुनः सुचारु

बाजुरा : जिल्लाको मार्तडी कोल्टी सडक खण्डको अनाई खोला अवरुद्ध सडक सुचारु गरिएको छ । करिब दुई हप्ता देखि अवरुद्ध सडकमा पहिरो पन्छाईएपछी सडक पुनः सुचारु भएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खडकाले बताएका छन् ।

गत माघ २२ गते गएको वर्षासंगै सडक भाँसिएर सडक अवरोध बनेको हो । सदरमुकाम मार्तडी नजिकै बडीमालिका नगरपालिका–८ अनाई खोलामा भएको अवरोध हटाएपछि मार्तडी–कोल्टी सडक खण्ड पुनः सुचारु भएको हो । तत्काल साना जीपहरु आउजाउ हुने गरी सडक सुचारु भएकोहो ।

केही समय साना सवारी साधनलाई मात्र जाने गरी सडक सुचारु भएको हो । मालबाहक सवारी साधनलाई जान केही समयपछि सडक बन्ने भएको हो । सडक अवरोधका कारण माथिल्लो क्षेत्रमा दैनिक समान ढुवानी गर्न समस्या भएको थियो । नागरिकहरुलाई समेत यात्रा गर्न असहज भएको थियाे ।

प्रतिक्रिया