गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२८
Dho

गौमुल गाउँपालिकाका उपाध्यक्ष थापाले मनाईन बालबालिकासंग जन्मदिन

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ११, २०८०
गौमुल गाउँपालिकाका उपाध्यक्ष थापाले मनाईन बालबालिकासंग जन्मदिन

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आफ्नो जन्मदिन शैक्षिक सामाग्री वितरण गरेर मनाउनु भएको छ । जन्मदिनको अवसरमा गौमुल गाउँपालिका–२ आँगरमा रहेको धर्मोदय आधारभूत विद्यालयका बालबालिकाहरुलाई वितरण गर्नुभएको छ । 

आज एक औपचारिक कार्यक्रममा साथ जन्मदिन धर्मोदय आधारभूत विद्यालयमा नै उपस्थित भएर बालबालिकासंग मनाउनु भएको हो । सोही अवसरमा जन्मदिनको खर्च कटाएर विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक समाग्री समेत सहयोग गर्नुभएको हो ।

१ सय बढी बालबालिकाहरुका लागि आवश्यक शैक्षिक सामाग्री लिएर विद्यालयमा नै उपस्थित भएर प्रदान गरिएको छ । फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्तिको हावी भएको बेला अहिलेको परिवेश अनुसार घुलमिल भएर नै अनावश्यक खर्च नहुने गरी बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको थापाले बताउनुभएको छ । 

जन्मदिनलाई अनावश्यक फजुल खर्च गरेर मनाउने पछिल्लो समयको होडबाजीले गाउँमा समेत असर पार्न थालेको बताउनुभएको छ । जन्मदिनलाई कसैले पनि अनावश्यक तडक भडक गरेर नमनाउन आग्रह गर्दै आफनाे जन्मदिनको अवसरमा आगामी दिनमा समेत गच्छे अनुसार सहयोग गर्ने बताउनुभएको छ । जन्मदिनलाई रहनसहन अनुसार बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा खर्च गरिनु सकरात्मक पक्ष भएको वडा अध्यक्ष देव बहादुर रोकायाले बताउनुभएको छ । 

No description available.गरिव र विपन्न समुदायका बालबालिकाहरुलाई जन्मदिनको अवसरमा प्रदान गरिएको शैक्षिक सामाग्रीले राहत पुगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम रोकायाले बताउनुभएको छ । 

विद्यालयमा नै उपस्थित भएर बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरेर जन्मदिन मनाएको प्रति प्रधानाध्यापक कृष्ण बहादुर रोकायाले धन्यवाद दिनुभएको छ । जन्मदिनलाई पार्टी भोजका रुपमा लिनेहरुका लागि समेत शैक्षिक समाग्री वितरणले सिकाईको रुपमा लिन उपस्थित अभिभावकहरुले आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडाअध्यक्ष देव बहादुर रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, गौमुल गाउँपालिकाका प्राविधिक ध्रुवराज थापा, जिल्ला समन्वय प्रमुखका स्वकीय सचिव हिक्मत रोकाया, पञ्जीकरण शाखाका फिल्ड सहायक प्रेम सार्की, विद्यालयका प्रधानाध्यापक कृष्ण रोकाया लगायत बालबालिका र विद्यालय सेवा क्षेत्रभित्रका अभिभावहरुको उपस्थिति रहेको थियो । 

विद्यालयका शिक्षक वीरजीत बोहराले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका लक्ष्मी रोकायाले स्वागत गर्नुभएको थियो । जन्मदिन मनाउने कार्यक्रममा १ सय ५० बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया