गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०३
Dho

गौमुल गाउँपालिकामा सडक नपुगेका वडाहरुमा सडक सञ्जाल जाेडिदैं

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०२, २०८०
गौमुल गाउँपालिकामा सडक नपुगेका वडाहरुमा सडक सञ्जाल जाेडिदैं

बाजुरा : गौमुल गाउँपालिकामा सडक नपुगेका वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिने क्रम जारी रहेको छ । गाउँपालिकामा विकट वडाको रुपमा १ र २ लाई लिईन्छ । वडाबाट सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन् । जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ ।

 मंगलबारबाट गौमुल गाउँपालिका–२ को वडा कार्यालय तल्लोदुगुनसम्म सडक सञ्जाल जोड्ने गरी ट्रयाक खोलिएको वडा अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् । यहाँका स्थानीयलाई पालिका सदरमुकाम घट्मुना पुग्न सडक सहज बनाउनु नै प्राथमिकता रहेको उनले बताए । सदरमुकाम पुग्नका लागि पैदलयात्रा गर्दा एक दिन छुट्याउनुपर्ने बाध्यता रहेको छ । यहाँका स्थानीयको माग सडक सञ्जाल विस्तार गर्नु रहेको छ । बिरामी भए अस्पताल पुग्नै एक दिन लाग्ने गरेको छ ।

यहाँका स्थानीय सडक नबने पनि पैदल हिँडेर विभिन्न कामका लागि पालिका सदरमुकामसम्म पुग्ने गरेका छन् । स्थानीयले भोगेका समस्या समाधानमा अहिले जनप्रतिनिधिले प्राथमिकतामा राखेर काम गरिरहेका छन् । गौमुल सरकारले सडक सञ्जाल विस्तारको काम गरिरहेको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

तत्काल सडक वडा कार्यालयसम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको बताए । स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले बजेट विनियोजन गर्दै आएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । सबै वडा सडक सञ्जालसँग जोडिएपछि पालिकाका सबै वडामा सवारीसाधन मार्फत यात्रा गर्न सकिने भएको छ । भ्याट बाहेक सडक २० लाख ६२ हजार सात सय ४० रुपैयाँको लागतमा रोहित निर्माण सेवा बुढीगंगाले सम्झौता गरेर २ नम्बर वडा कार्यालयसम्म सडक निर्माण कार्य सुरु गरेको छ । 

May be an image of 5 people

प्रतिक्रिया