गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५०
Dho

१४ औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधी बुढीनन्दा नगरपालिकालाई

इनडोरको खेलमा अंक नल्याउदा राम्रो नजिता ल्याउनबाट चुक्यो गाैमुल
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २१, २०८०
१४ औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधी बुढीनन्दा नगरपालिकालाई

बाजुरा : बाजुरा जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्डको १३ वर्षे इतिहासमा बुढीनन्दा नगरपालिकाले ब्रेक लगाएको छ । १४ औं राष्ट्रपति रनिङ शिल्डमा बडीमालिकालाई पछि पार्दै उपाधी उचालेपछि १३ वर्षदेखिको जितको रेकर्डमा ब्रेक लगाएको हो । 

यस अघिका सबै राष्ट्रपति रनिङ शिल्डका उपाधी तत्कालिन विद्यालय स्तरीय आयोजनामा मालिका नमुना मावि र पालिका स्तरीयमा बडीमालिका नगरपालिकाको कब्जा रहने गरेको थियो । घरेलु मैदानमा बुढीनन्दाका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै बडीमालिकालाई दोस्रो स्थानमा पछार्न सफल भएका हुन् । पहिलो हुने बुढीनन्दा नगरपालिकाले १८ स्वर्ण, २१ रजत र २ काश्य सहीत ४१ पदक हात पारेको छ ।

दोस्रो हुने बडीमालिका नगरपालिकाले समान १८ स्वर्ण, १४ रजत र ६ काश्य सहीत ३८ पदक हात पारेको हो । यसैगरी तृतीय स्थान ल्याउने खप्तड छेडेदहले ८ स्वर्ण, १४ रजत, ४ काश्य सहीत २६ पदक हात पारेको छ । खप्तड छेडेदहले तृतीय स्थान सहीत अनुशासन विधामा पनि पुरस्कार हात पारेको छ । सहभागि नौ पालिका मध्ये अनुशासनमा उत्कृष्ट अंक ल्याएकोमा सम्मान गरिएको खेलकुद समिति अध्यक्ष राकेश थापाले जानकारी दिएका छन्। 

खेल क्षेत्रमा राम्रो लगानी र वर्षभरिकै तयारीमा रहने बडीमालिका बिशेष गरि मालिका नमुना मावि, क्रियटर जोन ऐकेडेमी, बडीमालिका बोडीग स्कुल र कन्र्भस ऐकेडेमीका खेलाडीले भरिएको बडीमालिका बुढीनन्दाका खेलाडी सामुभने घुँडा टेक्न बाध्य भएका छन् । इनडोरका खेलमा भएको चलखेल र त्रासपूर्ण वातावरणमा खेलाडीलाई उच्चमनोबलका साथ खेलाउने नसकेकै कारण सीमिति अंकले मात्रै पछि पर्नु परेको तर्फ बडीमालिकाको छ ।  

एकछत्र उपाधीमा राज गर्दै आएको बडीमालिकाको इतिहास नै तोडिएपछि ठूलो झड्का लागेको छ । बडीमालिकालाई लागेको ब्रेक र बुढीनन्दाको सफलतालाई पालिका स्तरीय स्वस्थ प्रतिस्प्रर्धाको संज्ञा पनि खेलप्रेमीहरुले दिने गरेका छन् । कतिपयले मार्शलआर्ट तर्फका खेल र घरेलु मैदानको फाइदा लिएको प्रतिक्रिया दिएका छन् । 

कुण्डा क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड पहिलो पटक आयोजना गरिएको हो । मार्तडी बाहेक २ पटक खप्तड छेडेदह गाउँपालिकाको ७ नम्बर वडाको दशरथ माविमा भएको थियो । त्यहाँ पनि बडीमालिकाले नै उपाधी हात पारेको इतिहास छ । 

शिल्डमा सहभागि बुढीगंगा नगरपालिकाले ७ स्वर्ण, १ रजत र ३ काश्य सहीत ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ काश्य सहीत १२ पदक, त्रिवेणीले २ स्वर्ण, ८ रजत र ६ काश्य सहीत १६ पदक हात पारेका छन् । 

गौमुल गाउँपालिकाले ४ स्वर्ण, ३ रजत गरि ७ पदक, जगन्नाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ काश्य गरि ८ पदक र हिमाली गाउँपालिकाले १ काश्य मात्रै हात पारेको छ । सहभागि नौ पालिका मध्ये हिमाली गाउँपालिकाले स्वर्ण र रजत दुबै पदक विहीन बनेको छ । राम्रो तयारी र ठूलो मात्रामा लगानी गरेको त्रिवेणी नगरपालिकाले पनि राम्रो नजिता ल्याउन सकेन । 

गौमुल गाउँपालिकाको खेलाडी व्यवस्थापन र सबै प्रकारको तयारी राम्रो देखिएपनि इनडोरको खेलमा अंक नल्याउदा राम्रो नजिता ल्याउनबाट चुक्यो । भने खप्तड छेडेदह गाउँपालिकाले पनि ३६ विधाका इनडोरका खेलमा अंक विहिन हुनु पर्दा बाह्य खेलमा राम्रो प्रर्दशन गरेर पनि तेस्रो स्थानमा चित्त बुझाउनु पर्ने अवस्था आयो । समग्रमा यो पटकको शिल्डको उपाधी बुढीनन्दाले जितेपनि खेलाडीले दर्शकको मन खप्तड छेडेदहले जितेको प्रतिक्रिया सामाजिक सञ्जालमा समेत लेखिएको छ । 

माघ १५ देखि २० गते सम्म शिल्ड सञ्चमालन गरिएको थियो । भने नौ पालिकाका ४ विधाका ६५ वटा खेलमा १ हजार २९ जना खेलाडी सहभागि थिए । खेलको उद्घाट प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले गरेका थिए । खेलमा पानीले केही प्रभावीत पारेपनि सभ्य र भव्य रुपमा सम्पन्न भएको खेलकुद समिति अध्यक्ष राकेश थापाले जानकारी दिएका थिए । 

जितको शिल्ड बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले ग्रहण गरेका हुन् । जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्त्रण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीय सहीत अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ । १५ औं राष्ट्रपति रनिङ शिल्ड बुढीगंगा नगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ ।

नगर उपप्रमुख माया कुँवरलाई बुढीनन्दा नगरपालिकाले ओलम्पीक झण्डा हस्तान्त्रण गरेर आयोजनाको जिम्मेवारी दिएको हो । यस अघि खप्तड छेडेदह गाउँपालिकाले पनि बुढीनन्दा नगरपालिकालाई झण्डा हस्तान्त्रण गरेको थियो । कोल्टी बजारमा मात्रै यो पटक १ करोड बराबरको आर्थिक कारोबारको अनुमान गरिएको छ । 

प्रतिक्रिया