गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२०
Dho

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड काेल्टीमा सुरू

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ १५, २०८०
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड काेल्टीमा सुरू

बाजुरा : जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा शिल्ड आजदेखि सुरु भएको हो । 

कोल्टीमा आजदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १८ गते चार दिन सञ्चालन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहकाबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ वटै स्थानीय तहको सहभागि रहेको छ । 

प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा सहभागि पालिका विच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रमुख अथिति नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डे रहेका थिए । विशिष्ट अथितिमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र उपप्रमुख लाछु सार्की रहेका थिए ।

त्यस्तै अथितिमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख राम बहादुर बोहराले स्वागत मन्तव्य राखेको उद्धाटन कार्यक्रमको सञ्चालन महेश कार्कीले गरेका थिए ।

प्रतिक्रिया