बाजुरा ःजिल्ला अस्पताल बाजुरालाई ५० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गर्न ७ करोड रुपैयाँ र कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्वामित्व लिने गरी तत्काल ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै बाजुराको स्वास्थ्य सेवा विस्तार तथा गुणस्तरीय उपचारमा पहुँच बढाउने उद्देश्यले दुवै अस्पतालका लागि बजेट विनियोजन गरिएको हो।
जिल्ला अस्पताल बाजुराको स्तरोन्नतिका लागि विनियोजित ७ करोड रुपैयाँबाट अस्पतालको क्षमता विस्तार तथा सेवा सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने प्रक्रियालाई अघि बढाउन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसबाट जिल्लाको पूर्वोत्तर क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
दुवै अस्पतालको स्तरोन्नति र व्यवस्थापन प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सके बाजुराका नागरिकले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्न तथा स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया