गाैमुल खबर डटकम बिहीबार ०६, कार्तिक २०८३ ०४:५७

घटाल आधारभूत विद्यालयमा भलिबलदेखि डेउडासम्मको रौनक, पुरुषतर्फ विजेतालाई २१ हजार १११ रुपैयाँ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ०४, २०८३
घटाल आधारभूत विद्यालयमा भलिबलदेखि डेउडासम्मको रौनक, पुरुषतर्फ विजेतालाई २१ हजार १११ रुपैयाँ

बाजुरा ः गौमुल गाउँपालिका-६ बसालामा रहेको घटाल आधारभूत विद्यालयमा विजया दशमी तथा शुभदीपावलीको अवसरमा खुला भलिबल प्रतियोगिता सहित बृहत् डेउडा प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

विद्यालयमा कार्तिक ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा पुरुष तथा महिला भलिबल प्रतियोगिता, बृहत् डेउडा प्रतियोगिता, विद्यालयका सदनात्मक नृत्य र वडा स्तरबाट स्वतन्त्र प्रतिभा प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएका छन्।

विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाका अनुसार कार्तिक ५ र ६ गते खेलकुद गतिविधि सञ्चालन गरिनेछ भने कार्तिक ७ गते औपचारिक कार्यक्रम सहित भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क ३ हजार रुपैयाँ र महिलातर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको छ। पुरुषतर्फ विजेता टिमले २१ हजार १११ रुपैयाँ र उपविजेता टिमले १३ हजार ३१३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, महिला भलिबलतर्फ विजेता टिमलाई ५ हजार १११ रुपैयाँ र उपविजेता टिमलाई ३ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुदसँगै मौलिक डेउडा, नृत्य र स्वतन्त्र प्रतिभा प्रस्तुति मार्फत स्थानीय कला, संस्कृति तथा प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

यस्ता गतिविधिले युवाको खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालयमा आयोजना हुन लागेको यस कार्यक्रमले दसैँ-तिहारको उल्लासलाई थप उत्साहपूर्ण बनाउनुका साथै स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया