गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३१
Dho

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जगन्नाथ गाउँपालिका पहिलो

बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिका सबैभन्दा कमजोर
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ १२, २०८०
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जगन्नाथ गाउँपालिका पहिलो

बाजुरा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाजुराका नौ वटा स्थानीय तह मध्ये जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । नौ वटा पालिका बीच जिल्ला समन्वय समितिले गरेको स्वमूल्याङ्कनका आधारमा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । यस अघि जगन्नाथ सुदूरपश्चिम प्रदेशका ८८ पालिकामै शिर्ष स्थानमा पर्न सफल भएको थियो ।  

०७९।८० का लागि जिल्ला स्तरमा गरिएको आन्तरिक सुशासन र संस्थागत विकास सहितका सूचक मापनमा जगन्नाथले १ सय पूर्णाङ्कमा सबैभन्दा बढी ८९.७५ प्रतिशत अंक सहीत पहिलो भएको हो । स्वमूल्याङ्कनमा हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिका भने सबैभन्दा कम अंक ल्याएर कमजोर देखिएका छन् । 

हिमालीले सबैभन्दा कम ५२.५ प्रतिशत र बुढीनन्दा नगरपालिकाले ५२.७५ प्रतिशत अंक ल्याएको छ । यो जिल्ला समन्वय समिति बाजुराले गरेको स्वमूल्याङ्कन नजिता सार्वजनिक श्रोत अनुसार उल्लेख गरिएको हो । जगन्नाथले भने हरेक वर्ष संस्थागत रुपमा आफूहरुलाई अब्बल सावित गर्दै आएको छ । 

जगन्नाथ पछि दोस्रोमा बुढीगंगा नगरपालिकाले ८९ प्रतिशत अंक ल्याएको छ । राम्रो अंक ल्याएको बुढीगंगा ०.७५ अंकले मात्रै जगन्नाथसँग पछि परेको देखिन्छ । तेस्रोमा स्वामिकात्र्तिक खापर गाउँपालिकाले ७९.५ प्रतिशत अंक ल्याएको छ । 

यस्तै खप्तड छेडेदह गाउँपालिका ७८.७५, गौमुल गाउँपालिकाले ७३.५, त्रिवेणी नगरपालिकाले ७०.७५, बडीमालिका नगरपालिकाले ६८ अंक ल्याएका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अन्र्तगत विभिन्न सूचक पुरा गर्नु पर्ने हुन्छ । 

जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन व्यवस्थापन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पूर्वाधार विकास, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय र सेवा वितरणलाई प्रमुख आधार मानेर मूल्याङ्कन हुने गरेको छ । 

प्रदेश स्तरको स्वमूल्याङ्कन नजिता भने आउन बाँकी छ । बाजुराबाट यो तथ्याङ्क हेर्दा जगन्नाथ र बुढीगंगा नगरपालिकाले नै प्रतिस्पर्धा गर्ने वा मूल्याङ्कनमा पर्ने देखिएको छ । प्रकाशित नजितालाई आधार मान्ने हो, भने यो सुशासनको प्रमुख आधारको रुपमा पनि मान्ने गरिन्छ ।

प्रतिक्रिया