गाैमुल खबर डटकम मङ्गलबार ०६, असोज २०८३ ०२:४३

सुत्केरी भएको नवौँ दिनमा मनिशाको अवस्था जटिल, हेलिकप्टरबाट सुर्खेत रेफर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज ०६, २०८३
सुत्केरी भएको नवौँ दिनमा मनिशाको अवस्था जटिल, हेलिकप्टरबाट सुर्खेत रेफर

बाजुरा ः गौमुल गाउँपालिका-५ की २६ वर्षीया मनिशा रोकायालाई स्वास्थ्य अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पताल बाजुराबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ।

सुत्केरी भएको नौ दिनसम्म पनि नियमित रुपमा रक्तअल्पता देखिनुका साथै नशासम्बन्धी समस्या तथा स्क्रबटाइफस र प्रेसर समेत कम भएको र सेतो रक्तकोषमा समस्या भएर अवस्था थप जटिल बनेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा.हरिशबहादुर मल्लले जानकारी दिए।

स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेपनि थप विशेषज्ञ सेवा आवश्यक देखिएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा जिल्ला अस्पतालबाट डाक्टर सहित रेफर गरिएको उनले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार चिकित्सकहरुले तत्काल सुविधायुक्त स्वास्थ्य संस्थामा लैजानुपर्ने सुझाव दिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत मनिशालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

सुत्केरीपछिको अवस्थामा देखिएको जटिलताका कारण थप उपचारका लागि समयमै सुविधासम्पन्न अस्पताल पुर्‍याउन हेलिकप्टरको व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया