बाजुरा ःगौमुल गाउँपालिका-३ माझपालीमा नेकपा (एमाले) वडा कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले वडाका विभिन्न टोलमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्ने निर्णय गरेको छ।
बैठकमा वडामा पार्टीको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै टोल तहसम्म कमिटीलाई क्रियाशील बनाउने विषयमा छलफल भएको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा गौमुल-३ का वडा अध्यक्ष गोरख बोहराले बताएका छन् ।
उनका अनुसार पार्टी कमिटीलाई जनतासँग प्रत्यक्ष जोड्दै स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिने उद्देश्यले टोल-टोलमा भेटघाट गर्ने कार्यक्रम अघि बढाइनेछ।
बैठकले वडा तहमा पार्टीका गतिविधिलाई नियमित र प्रभावकारी बनाउने तथा संगठनलाई थप चलायमान बनाउने निर्णय समेत गरेको छ। पार्टी कमिटी क्रियाशील भएसँगै स्थानीयस्तरमा जनतासँगको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया