गाैमुल खबर डटकम शुक्रबार ०२, असोज २०८३ १०:४३

युवा नागरिक अंकपत्र मार्फत गौमुलका विद्यालय र स्वास्थ्य संस्था सुधार गरिने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज ०१, २०८३
युवा नागरिक अंकपत्र मार्फत गौमुलका विद्यालय र स्वास्थ्य संस्था सुधार गरिने

बाजुरा ः गौमुल गाउँपालिकामा युवा नागरिक अंकपत्रका माध्यमबाट सुधारात्मक विद्यालय र स्वास्थ्य संस्था छनोट सम्बन्धी चरण बैठक आयोजना गरिएको छ।

प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित आभा परियोजनाको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा आभा परियोजनाका गतिविधि तथा युवा नागरिक अंकपत्रका विषयमा छलफल गरिएको थियो।

बैठकबाट मानाकोट माध्यमिक विद्यालय र माझपाली आधारभूत स्वास्थ्य संस्थालाई युवा नागरिक अंकपत्र मार्फत सर्वेक्षण तथा सुधारात्मक अभ्यासका लागि छनोट गरिएको पीसविन नेपालका गौमुल फिल्ड सुपरभाइजर वीरेन्द्र रावलले जानकारी दिएका छन् ।

उहाँका अनुसार छनोट गरिएका विद्यालय र स्वास्थ्य संस्थाको वर्तमान अवस्था, सेवा प्रवाह तथा आवश्यक सुधारका क्षेत्रबारे युवा नागरिक अंकपत्रका माध्यमबाट सर्वेक्षण गरिनेछ। सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा सम्बन्धित संस्थाको अवस्था सुधार गर्न अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा अध्यक्षहरु देवबहादुर रोकाया, अमर विक, कलक सिंह, प्रकाश रोकाया र गोरख बोहरा सहित विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था व्यवस्थापन समिति, शिक्षक, स्वास्थ्यकर्मी तथा युवाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया