बाजुरा ः गौमुल गाउँपालिकाका सबै वडामा विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय बाल दिवस २०८३ मनाइएको छ। वडास्तर तथा विद्यालयस्तरमा औपचारिक कार्यक्रम आयोजना गरी बालबालिकाको अधिकार, संरक्षण, शिक्षा र भविष्य निर्माणका विषयमा जोड दिइएको हाम्रा संवाददाताहरूले बताएका छन्।
गौमुल गाउँपालिका-६ मा वडा अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा राष्ट्रिय बाल दिवसको कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा बालबालिकाको सहभागिता तथा उनीहरुको हकहितका विषयमा चर्चा गरिएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य राजिन्द्रा रोकाया, वडा सदस्य कलक चँदारा, एमाले गाउँ कमिटी उपसचिव कलक रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत स्थानीयको सहभागीता रहेको थियो ।
गाउँपालिका-१ अम्लिसमा रहेको अम्लिस माध्यमिक विद्यालयमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ। सौगात बाल क्लबकी अध्यक्ष सरला बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र रोकाया प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो। कार्यपालिका सदस्य मैना चँदारा अतिथिका रुपमा सहभागी हुनुभएको थियो।
त्यस्तै, गाउँपालिका-३ मा रहेको बाल विकास नमुना माध्यमिक विद्यालयमा समेत विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको प्रधानाध्यापक तीर्थ चौधरीले जानकारी दिनुभएको छ।
गौमुल-४ मा पनि कीर्तिचौर माध्यमिक विद्यालय, कालादहमा भव्य कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। त्रिशुली बाल क्लबका अध्यक्ष मिलन बोहराको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष अमर विक प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानबहादुर बडुवालले स्वागत मन्तव्य राख्नुभएको थियो।
यसैगरी, गौमुल-५ स्थित मानाकोट माध्यमिक विद्यालयमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ। आवाज बाल क्लबका अध्यक्ष आकाश रोकायाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा सदस्य रामे रोकाया प्रमुख अतिथि तथा प्रधानाध्यापक ज्ञानबहादुर रोकाया अतिथिका ?पमा सहभागी हुनुभएको थियो।
यस्तै, गाउँपालिका-२ को वडा कार्यालयमा समेत भव्य रुपमा कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । वडाका सबै विद्यालयको कार्यक्रममा सहभागीता रहेको थियो ।
गौमुलका सबै वडामा आयोजित कार्यक्रम मार्फत बालबालिकाको शिक्षा, अधिकार, संरक्षण, सहभागिता र सुरक्षित भविष्य निर्माणमा स्थानीय तह, विद्यालय तथा समुदायको साझा भूमिका महत्वपूर्ण रहेको सन्देश दिइएको छ।
दिवसले बालबालिकालाई आफ्नो अधिकारप्रति सचेत बनाउँदै उनीहरुको प्रतिभा र क्षमता विकासका लागि थप अवसर सिर्जना गर्न प्रेरणा दिएको आयोजकहरूले बताएका छन्।





प्रतिक्रिया