गाैमुल खबर डटकम आइतबार २८, भदौ २०८३ ०१:०३

पहिरो पन्छाउँदै घट्मुना-मार्तडी सडक खुलाइयो, ‘युद्धस्तरमा’ कामपछि शनिबारदेखि सञ्चालनमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २७, २०८३
पहिरो पन्छाउँदै घट्मुना-मार्तडी सडक खुलाइयो, ‘युद्धस्तरमा’ कामपछि शनिबारदेखि सञ्चालनमा

बाजुरा ःभारी वर्षाका कारण गत भदौ २० गतेदेखि विभिन्न स्थानमा पहिरो गएर अवरुद्ध बनेको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनादेखि जिल्ला सदरमुकाम मार्तडी जोड्ने सडक शनिबारदेखि सञ्चालनमा आएको छ।

लामो समयदेखि अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा गएको पहिरो पन्छाउँदै गाउँपालिकाले युद्धस्तरमा काम अघि बढाएपछि सडक सञ्चालनमा ल्याउन सफल भएको हो।

सडक लामो समय अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावतसँगै दैनिक उपभोग्य सामग्री ओसारपसार तथा अत्यावश्यक सेवाका लागि समेत समस्या भइरहेको थियो। सडक सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न बस्तीबाट सदरमुकाम मार्तडीसम्मको आवतजावत सहज हुने भएकाे छ।

प्रतिक्रिया