गाैमुल खबर डटकम शनिबार २०, भदौ २०८३ ०४:१८

गौमुलमा बाढी पहिरोको कहर : २८ घरधुरी जोखिममा, दुई घर जुनसुकै बेला पहिरोमा पर्न सक्ने खतरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २०, २०८३
गौमुलमा बाढी पहिरोको कहर : २८ घरधुरी जोखिममा, दुई घर जुनसुकै बेला पहिरोमा पर्न सक्ने खतरा

बाजुरा ःअविरल वर्षासँगै आएको बाढी पहिरोले गौमुल गाउँपालिकाका विभिन्न वडामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोका कारण गाउँपालिकाका विभिन्न स्थानमा २८ घरधुरी जोखिममा परेका छन् भने दुई घरधुरी उच्च जोखिममा रहेका छन् ।

प्राप्त विवरण अनुसार गौमुल गाउँपालिका-२ का वीरबहादुर रोकाया र नवीन रोकायाको घर उच्च जोखिममा रहेका छन् । सोही वडाका कलक रोकाया, दिपा रोकाया, ध्रवेन्द्र रोकाया, दिपक रोकाया र जगत रोकायाको घर जोखिममा रहेका छन् ।

त्यस्तै, गौमुल-२ कै डबल रोकाया, लालबहादुर रोकाया, मन रोकाया, सौरा रोकाया, जनक रोकाया, धारण रोकाया, धौली रोकाया, देव रोकाया, प्रभु रोकाया, सुरेन्द्र रोकाया, जनक धामी, ढोक्कल बोहरा, हरि रोकाया, पारु रोकाया, राम रोकाया र राजेन्द्र रोकायाको घरसमेत जोखिममा रहेको विवरण प्राप्त भएको छ ।

गौमुल गाउँपालिका-३ का कौशल विक, हर्क विक र वीर चँदाराको घर पनि पहिरोको जोखिममा रहेका छन् । यस्तै, गौमुल-६ को गनेडा सालीकोट क्षेत्रमा फागुनी रोकायाको घर उच्च जोखिममा रहेको छ ।

भने धनपति रोकायाको घर जोखिममा रहेको छ । सोही वडाको सञ्जीवनी टोलस्थित सालीकोट खानेपानीको ‘कोल’ क्षेत्रमा ठूलो पहिरो जाँदा खानेपानी सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गौमुल गाउँपालिका-४ अन्तर्गत डाँडाबाडा, गदाडा र कौडाकोटको फाट्टोलामा समेत पहिरोका कारण घरहरु जोखिममा परेको विवरण प्राप्त भएको छ । लगातारको वर्षासँगै पहिरोको जोखिम बढ्दै गएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।

जोखिममा रहेका घर तथा बस्तीको तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुरक्षा, राहत तथा सम्भावित स्थानान्तरणको व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।

 

प्रतिक्रिया