गाैमुल खबर डटकम शुक्रबार १९, भदौ २०८३ ०९:५२

गौमुलमा अविरल वर्षापछि पहिरोको वितण्डा, दर्जनौँ घर उच्च जोखिममा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १९, २०८३
गौमुलमा अविरल वर्षापछि पहिरोको वितण्डा, दर्जनौँ घर उच्च जोखिममा

बाजुरा ःगौमुल गाउँपालिकाका विभिन्न स्थानमा गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा स्थानीयबासी त्रसित बनेका छन्। वर्षाका कारण गाउँपालिकाका वडा नं. ३ माझपाली, भिट्टाली लगायतका विभिन्न स्थानमा पहिरो गएको स्थानीयले बताएका छन्।

गौमुल गाउँपालिका-ई मा भिजेडी मेलाबाट आएको पहिरोले घरहरु जोखिममा पारेको छ। विशेषगरी माथिका दुई घरसहित सम्पूर्ण गैराका घरहरु पहिरोको उच्च जोखिममा रहेको स्थानीय धनबहादुर रोकायाले जानकारी दिए।

पहिरोका कारण जमिन समेत भासिएको र जमिन कमजोर बनेकाले पुनः पहिरो जाने जोखिम उच्च रहेको स्थानीयको भनाइ छ। निरन्तर वर्षा भइरहेकाले जोखिम थप बढ्न सक्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ।

सम्भावित थप क्षति रोक्न जोखिममा रहेका घरपरिवारको अवस्था तत्काल पहिचान गरी आवश्यक सतर्कता अपनाउनुपर्ने स्थानीयले माग गरेका छन्। वर्षा नरोकिए थप पहिरो खस्ने सम्भावना रहेकाले सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया