गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५८
Dho

सत्य सूचना दिन पत्रकारले डराउनु हुँदैन्  : सिंह

गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ १०, २०८०
सत्य सूचना दिन पत्रकारले डराउनु हुँदैन्  : सिंह

बाजुरा : गौमुल गाउँपालिका कार्यवाह अध्यक्ष कलक बहादुर सिंहले सही सूचना दिन पत्रकारले डराउन नहुने बताएका छन् । व्यक्तिगत प्रशंसा गर्दा खुशी हुने तर सही सूचना र उसका क्रियाकलाप दिन खोज्दा गलत मान्ने प्रवृत्ति हावि हुने गरेकोले सही सूचना दिएर उत्तरदायि बनाउन संचारकर्मीले डराउन नहुने बताएका हुन् ।

रेडियो गौमुलको चौथो वार्षिक उत्सवमा वडा नं. ५ का वडाध्यक्ष समेत रहेका सिंहले सत्य समाचार प्रवाह गर्न खोज्दा संचार माध्यममाथि अप्ठेरो पार्ने खालका क्रियाकलापहरु सिर्जना गर्ने राज्य र व्यक्तिबाटै हुने गरेकोले यसलाई चिर्न पत्रकारले समाजको ऐना भएर सूचना प्रवाह गर्नुपर्ने बताए ।

उनले भने पत्रकार समाजको ऐना भएकाले सही कुरा लेख्न डराउँनु हुँदैन, त्यसका साथमा हामी पनि छौं । गौमुल गाउँपालिकाले सरकारले गरेका काम जनता सामू र दुरदराजका नागरिकलाई सूचनाको पहुँचमा पुर्याउन रेडियो स्थापना गरिएको अध्यक्ष सिंहले बताए ।

गौमुलका नागरिकलाई सहज रुपमा सूचनाको पहुँचमा पुर्याउन सञ्चालन गरिएको रेडियोको वृद्धि विकासमा आफूहरु लागि रहेको बताएका छन् । गाउँपालिका भित्रका केही स्थानमा रेडियो नसुनिने जनगुनासोलाई मेटाउन रेडियोको गुणस्तर वृद्धि गरी गौमुलका सबै ठाउँ र सकेजति जिल्ला भरी सुनिने बनाउन आफूहरु लागेका बताए ।

जनप्रतिनधीलाई सही बाटोमा डोर्याउनका लागि संचार क्षेत्रको भूमिका निकै महोत्वपूर्ण रहेकाले निष्पक्ष रुपमा समाचार प्रवाह गर्न सुझाव दिएका थिए । हाल सम्म रेडियो गौमुल जनताका आवजा विहीनको आवाज बनेको बताउँदै आगामी दिनमा पनि नकारात्मक कुराको खबरदारी र विकास निर्माण र सकारात्मक क्रियाकलापहरुको सही सूचना दिने अपेक्षा सहीतको शुभकामना दिएका थिए । 

त्यसैगरी गौमुल गाउँपालिका कार्यपालिका सदस्य मैना चदाँराले कुनैबेला सूचना तथा घटनाहरु एक दुई दिनपछि मात्रै सुनिने गरेको स्मरण गर्दै रेडियो स्थापन भएदेखि त्या समस्याको अन्त्य भएको बताएकी छन् ।

आजभोली घरमै बसेर छिन छिनमै ताजा समाचर र सूचना सुन्न पाएकामा खुशी व्यक्त गरेकी थिइन् । अब यसको क्षमता वृद्धि गरी गाउँपालिका भित्रका सबै गाउँ बस्ती र जिल्ला भरी सुनिने बनाउनु पर्ने बताएकी छन् ।

त्यस्तै कार्यक्रममा प्रेस चाैतारी सुदूरपश्चिम प्रदेशका अध्यक्ष, रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले बाजुरालाई सधै अभाव र समस्यालाई मात्रै चिनाउनु नहुने बताएका छन् । बाजुरा अभावको जिल्ला मात्रै होइन्, बाजुरामा थुप्रै सम्भावना पनि छन्, भन्ने कुरा पनि रेडियो मार्फत प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

शुभकामना मन्तव्य राख्दै ओलीले रेडियोले अझै थप दिने कुरा दिन नसकेको बताए । जनताको नजिक भएर कार्यक्रम उत्पादन गर्न सुझाव दिएका थिए । बाजुराको उत्पादन रैथाने बाली, कला, संस्कृति लगायत अन्य सकारात्मक कुरा र विकासका निम्ती खोजीनति गरी सम्बन्धति निकायमा पुर्याउन संचारकर्मीले खटिएर लाग्नुपर्ने बताए । 

बाजुरालाई दुर्गम, गरिबी, अभाव र पिछडीएको जिल्ला भनेर परिचित गर्न आवश्यक नरहेको बताए । समस्याको मात्रै वर्णन गर्ने तर सम्भावना र समाधानका कुरा नगर्ने प्रवृत्ति धेरै हुने गरेकोले यसमा परिवर्तन हुन जरुरी रहेको उनले बताए । 

गौमुल गाउँपालिकाले आफ्ना विभिन्न गतिविधी रेडियो मार्फत दुर्गम बस्ती स्तरका नागरिकलाई पुर्याउनका लागि यो अभ्यास र कार्य पालिकाको विकासको इट्ट रहेको बताए ।  नागरिकलाई संचारको पहुँचमा पुर्याउन गौमुल गाउँपालिकाले स्थापना गरेको रेडियोलाई गाउँपालिकका अन्य शाखा जस्तै ठान्नुपर्ने कार्यक्रममा ओलीको भनाई थियो ।          

त्यस्तै पत्रकार महासंघका बाजुराका वरिष्ठ उपाध्यक्ष पदम बहादुर सिंहले भौगोलिक विकटताका कारण स्रोत साधन अभावले धेरैजसो संचार माध्यमहरुलाई काम गर्न निकै कठिनाई भएको भएपनि केहीन केही गरी जनतालाई सूचना र ताजा समाचार दिन सफल भईरहेको बताएका छन् ।

गौमुल गाउँपालिकाको सभाहलमा सञ्चालन भएको वार्षिक उत्सव कार्यक्रममा शुभकामना दिने अधिकांस वक्ताहरुले रेडियोको टेक्निकल क्षमता विकास गर्नुपर्ने बताएका थिए । गाउँपालिकाका दुर्गम बस्तीहरुका मानिसहरुले अझै सुन्न नपाएको बताउँदै गाउँपालिका भरी स्पष्ट प्रसारण हुने गरी क्षमता वृद्धि गर्नपर्ने बताएका थिए ।

सहकर्मी समाजकी कार्यक्रम संयोजक सुजाता घर्तीले रेडियो गौमुलले समाज विकासमा महत्वूर्ण योगदान पुर्याउको बताउनु भएको छ । कार्यक्रममा राम नाथ योगी, चन्द्र बहादुर रोकाया, कलक बहादुर रोकाया, मंगल धामी, मैना चदाँरा, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

गौमुलका सबै बस्तीसम्म रेडियोको पहुँच पुर्याउन पालिका सरकार प्रतिवद्ध हुनु पर्नेमा सुझाव दिएका छन् । भने समस्या र सुख दुखमा रेडियोले साथ दिने गरेकोमा धन्यवाद दिएका छन् । रेडियोका स्टेशन प्रबन्धक रमित विकले सञ्चालन गरेको कार्यक्रममा गौमुल गाउँपालिका अन्र्तगतका सबै शाखाका प्रमुख सहीत नजिकका श्रोताहरुको पनि सहभागिता रहेको थियो । 

प्रतिक्रिया