गाैमुल खबर डटकम बुधबार १७, भदौ २०८३ ११:१९

पहिरोले कौडाकोट खानेपानी बगायो, गौमुल-४ का ५० घरपरिवार प्रभावित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ १६, २०८३
पहिरोले कौडाकोट खानेपानी बगायो, गौमुल-४ का ५० घरपरिवार प्रभावित

बाजुरा ःगौमुल गाउँपालिका-४ मा रहेको कौडाकोट खानेपानी पहिरोले बगाएपछि स्थानीयबासी खानेपानीको समस्यामा परेका छन् ।

अविरल वर्षासँगै खानेपानी आयोजनाको तल र माथिबाट पहिरो खस्दा खानेपानीको संरचना पूर्ण रुपमा क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको वडा सदस्य मंगल धामीले जानकारी दिएका छन् ।

खानेपानी अवरुद्ध भएपछि करिब ५० घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । लामो समयदेखि प्रयोग हुँदै आएको खानेपानी पहिरोले बगाएपछि स्थानीयलाई दैनिक उपभोगका लागि आवश्यक पानीको जोहो गर्न समस्या भएको छ ।

लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले खानेपानीको क्षति थप बढ्न सक्ने स्थानीयले बताएका छन् । तत्काल वैकल्पिक खानेपानीको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको मर्मत गर्नुपर्ने अवस्था देखिएको छ ।

वर्षायाममा पहिरोका कारण खानेपानीका मुहान तथा संरचना क्षतिग्रस्त हुँदा ग्रामीण क्षेत्रमा सर्वसाधारणको दैनिक जनजीवन समेत प्रभावित हुँदै आएको छ । कौडाकोट खानेपानीको तत्काल पुनःस्थापना नहुँदा प्रभावित ५० घरपरिवारलाई थप समस्या हुने देखिएको छ।

प्रतिक्रिया