गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

रेडियो गौमुल माघ १० गतेबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्दै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०९, २०८०
रेडियो गौमुल माघ १० गतेबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्दै

बाजुरा : गौमुल गाउँपालिकाद्धारा सञ्चालित रेडियो गौमुल माघ १० गतेबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्ने भएको छ । रेडियो गौमुल २०७७ माघ १० गतेबाट गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रशारणमा आएको हो । गौमुल गाउँपालिकामा सामुदायिक रेडियोको रुपमा समुदायको साथी, समृद्धि, सुशासन र सूचनाको सारथी बन्दै आईरहेको छ ।

गौमुल गाउँपालिका लगायत आम बाजुराबासी अहिले सहज रुपमा सूचना पाईरहेका छन् । विगतमा सञ्चारको पहुँच बाहिर रहेका यहाँका जनता अहिले सञ्चार सूचनाको पहुँचसम्म पुगेका छन् । विश्वमा भईरहेका हरेक गतिविधिहको ताजा सूचनाहरु प्राप्त गरिरहेका छन् । माघ १० गते बुधबार रेडियो गौमुलले स्थापना दिवस विभिन्न गतिविधिका साथ मनाउने रेडियो सञ्चालक समिति अध्यक्ष ज्ञान बहादुर रोकायाले बताउनुभएको छ ।

दिवस औपचारिक कार्यक्रमका साथ  मनाईने बताईएको छ ।  रेडियोले ५० प्रतिशत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गदैं आउनुका साथै आवाज विश्वासको हो भन्ने मुख्य कुरालाई शिरोधार्य गर्दै आम श्रोता र पाठक वर्गलाई उपयोगी खुराक पस्किने गरी लागिरहेको रेडियोका स्टेशन प्रबन्धक रमित विकले बताउनुभएको छ ।

 विकटमा विभिन्न प्राविधिक अड्चन समेतको प्रभाव नगरी हाल रेडियो गौमुलले आफ्नो प्रशारण सेवा विस्तारै लयमा लिदैं गएको उहाँले बताउनुभएको छ । हाल ६ पटक स्थानीय समाचार, ३ वटा केन्द्रीय नेटवर्क संगको साझेदारीमा समाचार प्रशारण, रेडियो कार्यक्रम विकास र समृद्धि, गौमुल बहस, मनोरञ्जन कार्यक्रम, स्थानीय संस्कार झल्काउने कार्यक्रम सहित रेडियो दैनिक १५ घण्टा प्रशारणमा रहेको छ ।
 

प्रतिक्रिया