गाैमुल खबर डटकम बिहीबार ११, भदौ २०८३ ११:०१

डडुल्ले, भण्डारथुम र खारचुथिल्ला सहित गौमुलका धार्मिक पीठमा आज विशेष पूजा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ११, २०८३
डडुल्ले, भण्डारथुम र खारचुथिल्ला सहित गौमुलका धार्मिक पीठमा आज विशेष पूजा

बाजुरा ः बाजुराको गौमुल गाउँपालिकाभित्र रहेका प्रमुख धार्मिक तथा ऐतिहासिक शक्तिपीठहरुमा आज विशेष पूजा तथा धार्मिक अनुष्ठान भइरहेको छ।

गौमुल गाउँपालिका भित्रका डडुल्ले, भण्डारथुम र खारचुथिल्ला लगायतका धार्मिक पीठमा आज श्रद्धालु तथा भक्तजनले पूजा-आराधना गरेका छन्।

विशेषगरी बडीमालिका भगवती मन्दिरमा मुख्य मेला तथा पूजा लाग्ने दिनसँगै बाजुराका विभिन्न धार्मिक शक्तिपीठमा समेत एकैदिन पूजा तथा मेला लाग्ने धार्मिक परम्परा रहँदै आएको छ।

गौमुलका डडुल्ले, भण्डारथुम र खारचुथिल्ला क्षेत्रलाई स्थानीयस्तरमा महत्वपूर्ण धार्मिक स्थलका रुपमा लिइन्छ। यी धार्मिक पीठमा आज बिहानैदेखि श्रद्धालुहरू पुगेर पूजा आजा, दर्शन तथा धार्मिक विधि पूरा गरिरहेका छन्।

बाजुरामा दर्जन भन्दा बढी धार्मिक तथा शक्तिपीठ बडीमालिका सहित बुढीनन्दा, सुनन्दा बडालेक, दुनालेख, डडुल्ले, भण्डारथुममा एकै समयमा पूजा तथा मेला लाग्ने भएकाले आज जिल्लाभर धार्मिक चहलपहल बढेको छ।

विभिन्न ठाउँमा रहेका धार्मिक पीठमा स्थानीय संस्कृति, परम्परा र आस्थाअनुसार पूजा आजा तथा मेला मनाउने गरिएको छ। धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएका यस्ता मेला तथा पूजाले बाजुराको धार्मिक पहिचानलाई थप बलियो बनाउँदै आएका छन्।

प्रतिक्रिया