बाजुरा ःगौमुल गाउँपालिका-६ टाँडाकोटका ३० वर्षीय नयन बहादुर रोकाया रोजगारीका सिलसिलामा भारतको पिथौरागढस्थित लुवाघाट पुगेको करिब १४ महिना भएको छ।
तर, लुवाघाटबाट उनी पछिल्लो १८ दिनदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ।
रोजगारीका लागि भारत पुगेका रोकाया लामो समयदेखि लुवाघाटमै बस्दै आएका थिए। नियमित रुपमा परिवार तथा आफन्तसँग सम्पर्कमा रहने गरेका उनी अचानक सम्पर्क विहीन भएपछि उनको अवस्थाबारे परिवारमा चिन्ता बढेको हो।
१८ दिनसम्म कुनै खबर नआएपछि उनका कान्छो बुबा जंगबहादुर रोकायाले खोजीका लागि सम्बन्धित निकाय, आफन्त तथा भारतमा रहेका नेपालीहरुसँग सहयोगको अपिल गरेको छ।
परिवारका अनुसार नयन बहादुरको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकका आफन्त वा परिवारलाई खबर गरिदिन आग्रह गरिएको छ। सम्पर्क विहीन नयन बहादुरको खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।





प्रतिक्रिया