बाजुरा ः गौमुल गाउँपालिका-२ मल्दुगुनको छानामा एक घर भत्किएको छ। स्थानीय रामबहादुर बुढाको घर शुक्रबार बिहान भत्किएको विपद् टोली सम्पर्क व्यक्ति चक्रबहादुर बोहराले जानकारी दिएका छन्।
लगातारको वर्षाका कारण घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। घर भत्किए पनि मानवीय क्षति भने नभएको बताइएको छ।
गौमुल गाउँपालिकाका विपद् फोकल पर्सन प्रेम सार्कीका अनुसार घरको गोठमा रहेका पशु चौपायालाई स्थानीय समुदायको सहकार्यमा सुरक्षित स्थानमा उद्धार गर्ने कार्य भइरहेको छ।
वर्षाका कारण गाउँपालिकाका विभिन्न स्थानमा पहिरो तथा घर भत्किने जोखिम बढ्दै गएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रतिक्रिया