गाैमुल खबर डटकम शुक्रबार ०५, भदौ २०८३ ०३:१८

कटीगाउँमा विपद्को बज्रपात, जनताको सुरक्षामा जुट्यो गौमुल सरकार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०४, २०८३
कटीगाउँमा विपद्को बज्रपात, जनताको सुरक्षामा जुट्यो गौमुल सरकार

बाजुरा ः गौमुल गाउँपालिका-३ कटीगाउँमा भारी वर्षासँगै आएको पहिरोले दुई वटा घर र गोठमा रहेका चौपाया समेत पुरिएका छन्। पहिरोका कारण आसपासका बस्ती समेत उच्च जोखिममा परेका छन्।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले घटनाप्रति गम्भीर चाँसो व्यक्त गर्दै जोखिममा रहेका नागरिकको उद्धार तथा राहतका लागि वडा कार्यालयको टोली र प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ।

अध्यक्ष रोकायाका अनुसार प्रभावित क्षेत्रमा टेन्ट, त्रिपाल तथा आवश्यक राहत सामग्री सहितको टोली खटिएको छ। सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै स्थानीयबासीलाई सुरक्षित स्थानमा रहन तथा सतर्कता अपनाउन आग्रह गरिएको छ।

अध्यक्ष रोकायाले भारी वर्षाको सम्भावना अझै रहेकाले गौमुल गाउँपालिकाका सबै क्षेत्रमा सचेत र सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्नुभएको छ।

उहाँले विपद्को यस कठिन घडीमा स्थानीय सरकार नागरिकको साथमा रहेको र आवश्यक उद्धार तथा राहतका लागि निरन्तर परिचालन भइरहेको बताउनुभएको छ।

प्रतिक्रिया