बाजुरा ः गौमुल गाउँपालिकाको कृषि विकास शाखाले सरकारी कार्यक्रम अन्तर्गत तरकारीको बीउ माग गरेका कृषक तथा कृषक समूहलाई समयमै बीउ बुझ्न आग्रह गरेको छ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई सरकारी बीउ वितरण कार्यक्रम सञ्चालन हुन लागेको हो।
कृषि विकास शाखाले २०८३ साल साउन ४ गतेदेखि साउन २५ गतेसम्म शाखामा तरकारीको बीउ माग गरेका कृषक तथा कृषक समूहलाई आफूले माग गरेको तरकारीको बीउ बुझिलिन सूचना जारी गरेको छ।
शाखाले सम्बन्धित कृषक तथा कृषक समूहलाई तोकिएको समयभित्र कृषि विकास शाखामा सम्पर्क गरी आफूले माग गरेको बीउ बुझ्न आग्रह गरेको हो। समयमै बीउ प्राप्त गरी तरकारी खेतीलाई व्यवस्थित र उत्पादनमुखी बनाउन कृषकलाई शाखाले अनुरोध गरेको छ।
कृषि विकास शाखा प्रमुख दीपेन्द्र सार्कीका अनुसार सरकारी कार्यक्रम मार्फत कृषकलाई आवश्यक तरकारीको बीउ उपलब्ध गराउने उद्देश्यले यो सूचना जारी गरिएको हो।
सम्बन्धित सबै कृषक तथा कृषक समूहले सूचनालाई गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र बीउ बुझ्न आग्रह गरिएको छ।





प्रतिक्रिया