गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२१
Dho

गौमुलको दोस्रो गाउँसभा तथा १४ औं अधिवेशन विभिन्न नीति तथा कार्यक्रमहरु पास गर्दै सम्पन्न

गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ ०७, २०८०
गौमुलको दोस्रो गाउँसभा तथा १४ औं अधिवेशन विभिन्न नीति तथा कार्यक्रमहरु पास गर्दै सम्पन्न

बाजुरा : गौमुल गाउँपालिकाको दोस्रो गाउँसभा तथा चौँधौं अधिवेशन विभिन्न नीति तथा कार्यक्रमहरु पास गर्दै सम्पन्न भएको छ । सभाले यस अघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमहरुलाई थप प्रभावकारी र कडाई गर्दै नयाँ नीति तथा कार्यक्रमहरु अघि सारेको हो ।

आजको चलेको अधिवेशनबाट आर्थिक रुममा विपन्न घरपरिवारहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । गाउँपालिकाको केन्द्रमा आयुर्वेदिक मार्फत  सेवालाई निरन्तरता दिएको छ । अधिवेशनबाट गौमुल गाउँपालिकाका १ नम्बर वडा बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिएको उल्लेख गरिएको छ । 

गाउँपालिकाको आर्थिक वर्ष ०८०÷०८१ को २०८० माघ ५ गतेसम्मको यथार्थ आय व्यय कुल विनियोजित बजेट ३६ करोड ६८ लाख ९७ हजार रहेको छ । जसमा हालसम्म चालुतर्फ ९ करोड २१ लाख ६० हजार  खर्च भएको छ ।

पुँजीगत तर्फ १ करोड ५० लाख ३६ हजार खर्च भएको छ । कुल विनियोजनमा अर्धवार्षिक खर्च २९ दशमलव २१ प्रतिशत खर्च भएको छ । आन्तरिक श्रोत तर्फ ३ लाख आम्दानी भएको छ ।

आगामी आर्थिक वर्ष ०८१÷०८२ को अनुमानित बजेट प्रक्षेपण अनुमानित आय ४४ करोड २ लाख ७६ हजार रहेको छ । जसमा आन्तरिक आम्दानी ३२ लाख ९४ हजार, संघीय सरकार अनुदान ३० करोड ५६ लाख ४० हजार, प्रदेश सरकार अनुदान २ करोड ७१ लाख ४२ हजार ८ सय रहेको छ ।

व्यय तर्फ अनुमानित चालु खर्च २९ करोड ३५ लाख ३९ हजार ४ सय ८४ पुँजीगत खर्च १४ करोड ६७ लाख ३७ हजार २ सय रहेको प्रतिवेदन उपाध्यक्ष सीता थापाले सभामा पेश गरेकी हुन् ।

गौमुल गाउँपालिका–२ मा १० सैया अस्पताल निर्माण कार्य निरन्तर चलिरहेको छ । घटमुना काल्च्या सडक खुलेको छ भने वडा न २ र ३ को वडा कार्यालयसम्म सडक खन्ने कार्यको ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।

फनपार्क निर्माणाको चरणमा रहेको छ । ४ र ५ नम्बर वडामा जोड्ने सडक नियमित संचालनमा रहेकोमा सिमधारा घाटमा पक्कीपुल निर्माण जारी रहेको तथा अन्य पक्की पुल निर्माण हुने क्रममा रहेको बताईएको छ ।

घट्मुना मानाकोट र घट्मुना बसाला, टाँडाकोट सडकको स्तरोन्तीका लागि ठेक्का खोलिएको छ । सत्य आधारभूत र घटाल आधारभूत  विद्यालय भवन निर्माण कार्यको सम्झौता भईसकेको छ । वडा नं २ मा रहेको तुसारीगाड लघुजलविद्युत आयोजनाको नहर निर्माण कार्य सकिएको छ । 

प्रतिक्रिया