गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:२८

गौमुलको दल्लेरी टोल पहिरोको जोखिममा, ९ परिवार विस्थापित हुने अवस्थामा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
गौमुलको दल्लेरी टोल पहिरोको जोखिममा, ९ परिवार विस्थापित हुने अवस्थामा

बाजुरा ः गौमुल गाउँपालिका-३ मा रहेको दल्लेरी टोल पहिरोको जोखिममा परेको छ। अविरल वर्षासँगै जमिन चिरिन थालेपछि टोलका करिब ९ घरपरिवार जोखिममा परेका छन्।

पहिरोको जोखिममा स्थानीय खिरी धामी, राजमति बोहरा, कुशा बोहरा, जंगवीरे बोहरा, अंगवीरे बोहरा, धनसिंह धामी, माने धामी, गुलाब बोहरा र हर्क बोहरा लगायतका परिवार रहेका छन्।

पहिरोको जोखिम बढ्दै गएपछि केही परिवार घरमा बस्न सक्ने अवस्था नभएर टोल नजिकैको खौला डाँडामा टेन्टमुनि आश्रय लिएर बस्न बाध्य भएका छन्। लगातारको वर्षाका कारण थप क्षति हुन सक्ने भन्दै स्थानीयबासी त्रसित बनेका छन्।

स्थानीय भरत बोहराका अनुसार दल्लेरी टोलका घरहरु पहिरोको जोखिममा परेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत र उद्धारको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ।

स्थानीयले सम्बन्धित निकायलाई जोखिममा रहेका परिवारको तत्काल स्थलगत निरीक्षण गरी सुरक्षित स्थानमा स्थानान्तरण, अस्थायी आवास तथा आवश्यक राहतको व्यवस्था गर्न आग्रह गरेका छन्। वर्षा अझै जारी रहेकाले समयमै सावधानी नअपनाए ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया