गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ११:४३

बाजुरामा पहिरोको कहर : बेपत्ता २० वर्षीया प्रतिक्षा थापा मृत भेटिइन्

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरोको कहर : बेपत्ता २० वर्षीया प्रतिक्षा थापा मृत भेटिइन्

बाजुरा ःत्रिवेणी नगरपालिका-९ ताम्सुमा अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता भएकी २० वर्षीया प्रतिक्षा थापा मृत अवस्थामा भेटिएकी छन् ।

बिहीबारदेखि परेको लगातार वर्षाका कारण ताम्सुमा पहिरो खस्दा प्रतिक्षा बेपत्ता भएकी थिइन् । बेपत्ता भएपछि स्थानीय, प्रहरी तथा सुरक्षाकर्मीले खोजी कार्यलाई तीव्रता दिएका थिए ।

खोजीका क्रममा प्रतिक्षाको शव फेला परेको हो । पहिरोमा परी एक युवतीको ज्यान गएपछि ताम्सु क्षेत्रमा शोक छाएको छ ।

यस अघि सोही पहिरोमा परी दुई घरमा क्षति पुगेको र दुई जना घाइते भएको विवरण सार्वजनिक भएको थियो । लगातारको वर्षाका कारण ताम्सु सहित जिल्लाका विभिन्न बस्तीमा पहिरोको जोखिम बढेको छ ।

स्थानीयले जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तथा विपद्को समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । पहिरोले एउटा परिवारको खुसी खोस्यो, ताम्सु शोकमा डुब्यो।

प्रतिक्रिया