बाजुरा ःअविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका-२ स्थित गताडीमा दुई घरमा क्षति पुगेको छ । साउन २८ गते बेलुकीदेखि लगातार परेको वर्षाका कारण गताडीमा घरमाथिबाट पहिरो खसेर स्थानीय जोगी विकको घर सहित दुई घरमा क्षति पुगेको हो ।
पहिरोका कारण घर जोखिममा परे पनि मानवीय क्षति भने नभएको वडा अध्यक्ष देवबहादुर रोकायाले जानकारी दिएका छन् । पहिरोपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको वडा अध्यक्ष रोकायाले बताएका छन् ।
जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै वडाका जनप्रतिनिधि तथा स्थानीयबासी उद्धार र व्यवस्थापनका लागि खटिएका छन् । लगातारको वर्षाका कारण गौमुल गाउँपालिकाका विभिन्न बस्तीमा पहिरोको जोखिम बढ्दै गएको छ । स्थानीयबासीलाई गाैमुल सरकारले सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ ।





प्रतिक्रिया