गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ००:०७

पहिरोको दोहोरो घेराबन्दीमा बाडी बस्ती : करिब २० घरपरिवार जोखिममा

गाैमुल खबर डटकम
बिहीबार, साउन २८, २०८३
पहिरोको दोहोरो घेराबन्दीमा बाडी बस्ती : करिब २० घरपरिवार जोखिममा

बाजुरा ःगौमुल गाउँपालिका-६ मा रहेको बाडी टोल पहिरोको जोखिममा परेको छ । गाउँको तल र माथिबाटै पहिरो बग्न थालेपछि बाडी टोलसँगै नजिकैको लामपाटा बस्ती समेत जोखिममा परेको हो ।

लगातारको वर्षासँगै गाउँको माथिल्लो भागबाट पहिरो खस्न थालेको र तल्लो भागबाट समेत जमिन बग्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । पहिरोले बस्तीलाई दुवैतर्फबाट घेर्न थालेपछि बाडी र लामपाटा क्षेत्रमा रहेका करिब २० घरपरिवार प्रत्यक्ष जोखिममा परेका छन् ।

पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयबासीले घर, गोठ तथा बालीनाली जोगाउन समेत कठिनाइ भइरहेको बताएका छन् । वर्षा अझै जारी रहेमा पहिरो थप फैलिन सक्ने स्थानीयको चिन्ता छ ।

प्रतिक्रिया