बाजुरा ःबुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा बजेट कार्यान्वयनको समग्र समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नगरपालिकाका सबै वडाले वडागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, पूर्वाधार, प्रशासन, विपद् व्यवस्थापन, महिला तथा बालबालिका, रोजगार प्रवर्द्धन केन्द्र लगायतका विषयगत शाखाले आर्थिक वर्षभरि सम्पन्न गरेका गतिविधि, बजेट खर्चको अवस्था, हासिल भएका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
समीक्षाका क्रममा चालु तथा पुँजीगत बजेट कार्यान्वयनको अवस्था, सडक, खानेपानी, भवन निर्माण लगायत पूर्वाधार विकासका कार्यक्रम तथा सामाजिक विकाससँग सम्बन्धित गतिविधिको विस्तृत मूल्याङ्कन गरिएको थियो। नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई अझ पारदर्शी, जवाफदेही, छिटो, छरितो र प्रविधिमैत्री बनाउने विषयमा समेत व्यापक छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान गर्दै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा सुधारका लागि विभिन्न रचनात्मक सुझाव दिएका थिए।
नगरपालिकाले ती सुझावलाई आगामी योजना तथा कार्यक्रमहरूमा समेट्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। समीक्षा कार्यक्रमसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।
सम्मानित व्यक्तित्वहरू यसप्रकार छन् :
नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रमलाई आगामी योजना तथा विकास कार्यक्रमलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने आधारका रूपमा लिएको जनाएको छ।
बुढीगंगा नगरपालिकाका प्रवक्ता हेमराज जैशीका अनुसार समीक्षा कार्यक्रममा उठेका सुझाव तथा निष्कर्षलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा समावेश गर्दै सुशासन, विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकताका साथ अघि बढाइनेछ।





प्रतिक्रिया