गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

दुई सातापछि गौमुलमा टेलिकमको फोन र फोरजी सेवा पुनः सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन १४, २०८३
दुई सातापछि गौमुलमा टेलिकमको फोन र फोरजी सेवा पुनः सञ्चालन

बाजुरा ः गौमुल गाउँपालिकामा करिब दुई सातादेखि अवरुद्ध रहेको नेपाल टेलिकमको फोन तथा फोरजी सेवा पुनः सञ्चालनमा आएको छ।

गौमुल गाउँपालिका-६ सटेडा स्थित रेडियो गौमुलको टावरसँगै रहेको नेपाल टेलिकमको टावरमा प्राविधिक समस्या आएपछि फोन नेटवर्क तथा फोरजी सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो। लामो समयसम्म सेवा बन्द हुँदा स्थानीयबासी सञ्चार सेवाबाट प्रभावित भएका थिए।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार टावरमा देखिएको प्राविधिक समस्या समाधान गरिएपछि फोन तथा फोरजी सेवा नियमित रुपमा सञ्चालनमा आएको हो।

“केही प्राविधिक समस्या उत्पन्न भएका कारण सेवा अवरुद्ध भएको थियो। समस्या पहिचान गरी समाधान गरेपछि अहिले सेवा नियमित रूपमा सञ्चालनमा आएको छ,” प्रमुख सिंहले बताए।

सेवा पुनः सञ्चालनमा आएपछि गौमुल गाउँपालिकाका स्थानीयबासीले लामो समयदेखि भोग्दै आएको सञ्चार समस्या समाधान भएको छ। टेलिकमको फोन तथा फोरजी सेवा नियमित भएपछि स्थानीयस्तरमा सञ्चार सम्पर्क तथा इन्टरनेट सेवामा सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया