गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२६

गौमुल-३ को पहिलो वडा बैठक : नागरिकमैत्री सेवा प्रवाहमा जोड, वडा सचिव रोकायालाई विदाइ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०६, २०८३
गौमुल-३ को पहिलो वडा बैठक : नागरिकमैत्री सेवा प्रवाहमा जोड, वडा सचिव रोकायालाई विदाइ

बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-३ नम्बर वडाले आर्थिक वर्ष २०८३/८४ को पहिलो वडा समिति बैठक सम्पन्न गर्दै नागरिकलाई गुणस्तरीय, सहज, पारदर्शी र उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

वडा अध्यक्ष गोरख बोहराको अध्यक्षतामा सम्पन्न बैठकले चालु आर्थिक वर्षमा वडाबाट सञ्चालन हुने योजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बढाउने तथा नागरिकका गुनासा र आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्ने विषयमा छलफल गरेको थियो।

बैठकमा कार्यपालिका सदस्य कौशल विक, वडा समितिका पदाधिकारी, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले वडाको समग्र विकास, आधारभूत सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए।

वडा अध्यक्ष बोहराले वडा कार्यालयबाट प्रदान गरिने सेवा थप प्रभावकारी, छिटोछरितो र जनमैत्री बनाउँदै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, बैठकले वडा सचिव मनिशा रोकायाको सरुवाका अवसरमा औपचारिक विदाइ समेत गरेको छ। कार्यक्रममा जनप्रतिनिधि तथा सहभागीहरूले रोकायाले वडामा रहँदा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया