गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२७

हिमशिखर विद्यालय माथि पहिरोको जोखिम बढ्दो, दीर्घकालीन समाधानको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन ०५, २०८३
हिमशिखर विद्यालय माथि पहिरोको जोखिम बढ्दो, दीर्घकालीन समाधानको माग

बाजुरा ःबाजुराको गौमुल गाउँपालिका-२ पाैदालीमा हिमशिखर आधारभूत विद्यालय पछाडीको रिटेनिङ विगत दुईदेखि तीन वर्षयता निरन्तर पहिरो खस्ने समस्या दोहोरिँदा विद्यालय भवन जोखिममा परेको छ।

पालिकाले विभिन्न योजना मार्फत पटक-पटक रिटेनिङ वाल तथा अन्य संरचना निर्माण गरेपनि वर्षायाम सुरु भएसँगै पुनः पहिरो जाने क्रम नरोकिएको स्थानीयले बताएका छन्। लगातारको पहिरोका कारण विद्यालय भवनमा जोखिम बढ्दै गएको छ भने अध्ययनरत बालबालिकाको पठनपाठन समेत प्रभावित हुने गरेको छ।

स्थानीयका अनुसार उक्त स्थानको भौगोलिक बनोट कमजोर भएकाले सामान्य वर्षापछि पनि पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। यसले विद्यालय परिसर मात्र होइन, आसपासको बस्ती समेत जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।

बढ्दो जोखिमलाई मध्यनजर गर्दै वडा सदस्य देव बहादुर बोहराको अगुवाइमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा आवश्यक उद्धार र सुरक्षा सम्बन्धी कार्य गरिएकाे वडा अध्यक्ष देव राेकायाले बताएका छन् ।

अनुगमनमा स्थानीय युवा, समाजसेवी तथा जनप्रतिनिधिको सक्रिय सहभागिता रहेको छ भने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक समन्वयसमेत भइरहेको छ।

स्थानीयबासीले विद्यालय, विद्यार्थी तथा आसपासको बस्तीको सुरक्षाका लागि अस्थायी संरचनाले मात्र समस्या समाधान हुन नसक्ने भन्दै सम्बन्धित निकायले भू-प्राविधिक अध्ययन सहित दीर्घकालीन र प्रभावकारी संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

वर्षेनी दोहोरिने पहिरोको समस्यालाई समयमै समाधान गर्न नसके विद्यालयको भौतिक संरचना, विद्यार्थीको सुरक्षा तथा शैक्षिक गतिविधिमा थप असर पर्ने जोखिम रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया