गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२७

आधारभूत सेवा प्रभावकारी बनाउने निर्णय सहित गौमुल-२ वडा समितिको नियमित बैठक सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन ०५, २०८३
आधारभूत सेवा प्रभावकारी बनाउने निर्णय सहित गौमुल-२ वडा समितिको नियमित बैठक सम्पन्न

बाजुरा ः गौमुल गाउँपालिका-२ वडा समितिको नियमित बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा गत आर्थिक वर्षमा वडा स्तरमा सञ्चालन गरिएका योजना, कार्यक्रम तथा समग्र गतिविधिको विस्तृत समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विषयमा महत्वपूर्ण निर्णय गरिएको हो ।

वडा अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न बैठकमा शिक्षा, स्वास्थ्य, यातायात तथा बाटोघाटो लगायतका आधारभूत सेवाको गुणस्तर सुधार गर्दै नागरिकले सहज रुपमा सेवा पाउने वातावरण निर्माण गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

सेवा प्रवाहलाई छिटोछरितो, उत्तरदायी र जनमैत्री बनाउने प्रतिबद्धता सहित आवश्यक निर्णयहरु समेत गरिएको हो । बैठकले निरन्तर वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

सम्भावित विपद्का बेला स्थानीयबासीले आवश्यक सावधानी अपनाउन तथा सम्बन्धित निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ । बैठकको निष्कर्ष स्वरुप वडाका जनप्रतिनिधिहरु नागरिकका हरेक सुख-दुःखमा साथमा रहने, जनगुनासोको समयमै सम्बोधन गर्ने तथा उत्तरदायी, पारदर्शी र सेवामुखी स्थानीय शासनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
 

प्रतिक्रिया