गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३०
Dho

बाजुराबाट फेरि २ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०५, २०८०
बाजुराबाट फेरि २ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा : बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।बुढीनन्दा नगरपालिका–१ जमसालका पूर्ण बहादुर खत्रीकी श्रीमती २९ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडाँलीका रमेशराज विष्टकी श्रीमति २५ वर्षीया सरस्वती विष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरेर सुर्खेत पठाईएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार विहाना ११ बजे सुर्खेत पठाईएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए ।  अवस्था गम्भीर रहेको र अप्रेशन गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा अक्सिजन नभएका कारण रिफर गरिएको हो ।  कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभावका कारण बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

यता जिल्ला अस्पतालमा रहेको अक्सिजन पलान्टबाट सिलिण्डरमा भर्ने यन्त्र बिग्रेका कारण केही समय अक्सिजन सिलिण्डर भर्न नसकिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । पलान्टमा बिग्रेको यन्त्र बनाउने मान्छे बाटोमा रहेको र शनिबार साझँसम्म बनाउने तयारी रहेको छ ।

जिल्ला अस्पतालमा रहेको यन्त्र शनिबार बनाएर आइतबार विहान सम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर पठाईने भएको छ । केही दिन अघि हुम्लाका एकजना सुत्केरी आमाको अक्सिजन अभावका कारण कोल्टी प्राथमिक केन्द्रमा निधन भएको थियो । हेलिकप्टरबाट उद्दारका लागि समयमै आफन्तले खबर नगर्दा ज्यान गएको थियो ।  

प्रतिक्रिया