घट्मुना ः गौमुल गाउँपालिका-६ मा रहेको सिमधारीगाड झोलुङ्गे पुल नदी कटानका कारण जोखिममा परेको छ । पुलको एक छेउतर्फ नदीले कटान गरेपछि संरचनाको जग कमजोर बन्दै गएको स्थानीयले बताएका छन् ।
साविक मानाकोट गाविस तथा सटेडा क्षेत्रका बासिन्दाले दैनिक रूपमा यही पुल प्रयोग गर्दै आवतजावत गर्ने गरेका छन् । यता गौमुल गाउँपालिकाले जोखिममा परेको उक्त झोलुङ्गे पुल तत्काल मर्मत सम्भार गर्ने भएको छ ।





प्रतिक्रिया