गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२०
Dho

गौमुल गाउँपालिकाले एमबीबीएस डाक्टर पढाउने

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०४, २०८०
गौमुल गाउँपालिकाले एमबीबीएस डाक्टर पढाउने

बाजुरा : गौमुल गाउँपालिकाले चिकित्सकको अध्ययनको लागि छात्रवृत्ति दिने भएको छ । चालु वर्षदेखि एमबीबीएस अध्ययनको लागि स्थानीय सरकारले छात्रवृत्ति दिन लागेको हो । 

गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय लिएको छ । सरकारी विद्यालयबाट एसईई परीक्षा पास गरेको र स्थानीयलाई पालिकाले पहिलो प्राथमिकता दिने गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । 

उनका अनुसार गाउँपालिकामा आएको निवेदनका आधारमा १ जना विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति प्रदान गरिनेछ । पालिकाभित्रका विद्यार्थीलाई चिकित्सक बन्नलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको अध्यक्ष रोकायाको भनाई रहेको छ ।

गाउँपालिका भित्रका निम्न आय भएका परिवारका सदस्य पनि चिकित्सक बन्न सकुन भन्ने उद्देश्य लिएको उनले बताए । गौमुल गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणाधीन छ । आगामी वर्षदेखि गाउँपालिकामै अस्पताल सञ्चालनमा आउँनेछ । 

पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । एमबीबीएस लगायत प्राविधिक विषयमा पढ्न सक्नेलाई सहयोग गर्न लागेको थापाको भनाई रहेको छ ।

गौमुल गाउँपालिका–३ पाते स्थायी घर भएका दमन धामीलाई तत्काल एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् । 

दुई वर्षसम्म गाउँपालिकामा अनिवार्य सेवा गर्ने शर्तमा अध्यापन गराउने गरी कार्यपालिकाले निर्णय गरेको हो । पढ्ने सक्ने क्षमता भएका तथा आर्थिक अभावका कारण समस्यामा परेकालाई स्थानीय सरकारले प्राथमिकता दिएको छ । 

 

प्रतिक्रिया