गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:२६

नेपाल शिक्षक महासंघ गौमुलको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १८, २०८३
नेपाल शिक्षक महासंघ गौमुलको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

बाजुरा ःनेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति, गौमुल गाउँपालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा लालबहादुर रोकाया सर्वसम्मत चयन भएका छन् ।

बुधबार गाउँपालिकाको केन्द्र घट्मुनामा भएको अधिवेशनबाट उपाध्यक्ष शेरबहादुर थापा, कल्पना धामी, सचिव शिव रोकाया, सहसचिव जनक रावल गरी ११ सदस्यीय नेतृत्व सर्वसम्मत चयन भएको देवेन्द्र राेकायाले जानकारी दिएका छन् ।

शिक्षकहरुको साझा पेशागत संस्था नेपाल शिक्षक महासंघ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा गाउँपालिकाभित्र कार्यरत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रको वर्तमान अवस्था, शिक्षकका पेशागत हकहित, गुणस्तरीय शिक्षाको विकास तथा संगठन सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।

नेपाल शिक्षक महासंघले शिक्षकहरुको अधिकार, पेशागत मर्यादा तथा शिक्षा क्षेत्रको समग्र सुधारका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएको छ ।
 

प्रतिक्रिया