बझाङ ःबझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाँउपालिकाका १० जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो । मन्दिरका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ताहरूले ११ लाख सात हजार रुपैयाँको काम गर्ने र कन्टेन्जेन्सी बापत २ लाख २५ हजार खर्च हुने भनिएको थियो ।
तर वास्तविक काम भन्दा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भनी अख्तियारले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ का अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढा माथि भ्रष्टाचार मुद्दा चलाएको हो ।





प्रतिक्रिया