गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०४

९ औँ जन्मदिनमा मानवताको उत्सव : अमेरिकाबाट डेनम भारतीको मायालु उपहार, कन्सर्न बाजुरालाई २० हजार बराबरको खाद्यान्न, ग्यास र स्टेशनरी सहयोग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार १२, २०८३
९ औँ जन्मदिनमा मानवताको उत्सव : अमेरिकाबाट डेनम भारतीको मायालु उपहार, कन्सर्न बाजुरालाई २० हजार बराबरको खाद्यान्न, ग्यास र स्टेशनरी सहयोग

बाजुरा ः जन्मदिनलाई केवल केक काट्ने र शुभकामना साटासाट गर्ने दिनका रुपमा होइन, समाजका असहाय र अभिभावक विहीन बालबालिकाको जीवनमा खुसी बाँड्ने अवसरका रुपमा मनाउने प्रेरणादायी उदाहरण प्रस्तुत गरिएको छ । 

त्रिवेणी नगरपालिका-८, बाजुरा निवासी तथा हाल अमेरिकामा बसोबास गर्दै आएकी निर्मला गिरीले आफ्ना छोरा डेनम भारतीको ९ औँ जन्मदिनको अवसरमा कन्सर्न बाजुरालाई करिब २० हजार रुपैयाँ बराबरको खाद्यान्न, खाना पकाउने ग्यास तथा स्टेशनरी सामग्री सहयोग गर्नुभएको हो ।

कन्सर्न बाजुराका अध्यक्ष गणेश थापाका अनुसार उक्त सहयोग संस्थामा आश्रित अभिभावक विहीन तथा सहारा विहीन बालबालिकाको दैनिक जीवन, अध्ययन र आवश्यक खर्चमा उपयोग गरिने भएको छ ।

उहाँले जन्मदिन जस्तो खुसीको अवसरलाई सामाजिक सेवासँग जोड्दै गरिएको सहयोगले अन्य व्यक्तिलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

कन्सर्न बाजुरा आमाबुबा गुमाएका, सहाराविहीन तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई आश्रय, शिक्षा, पालनपोषण र उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर क्रियाशील संस्था हो । यस्ता संस्थालाई प्राप्त हुने सहयोगले बालबालिकाको जीवनमा नयाँ आशा र आत्मविश्वास थप्ने विश्वास गरिएको छ ।

अमेरिकाबाट सहयोगी निर्मला गिरीले आफ्ना छोरा डेनम भारतीको जन्मदिनलाई समाजका असहाय बालबालिकासँग खुसी साट्ने अवसर बनाएको बताउँदै, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने बताएकी छन् ।
 

प्रतिक्रिया