गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२९
Dho

पत्रकार नहकुल जोशीलाई मातृ शोक

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०४, २०८०
पत्रकार नहकुल जोशीलाई मातृ शोक

बाजुरा : नेपाल पत्रकार महासंघ नेपाल जिल्ला शाखा बाजुराका कोषाध्यक्ष नहकुल जोशीलाई मातृ शोक परेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी उनकी आमा मैना जोशिको ५० वर्षको उमेरमा बुधबार राती वाईस्थित आफ्नै निवासमा निधन भएको हो । 

२०७४ सालमा उनको पाठेघरको क्यान्सरको अपरेसन भएको थियो । गत भदौमा विरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरेपनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार सम्भव नभएको परिवारिक स्रोतले बताएको छ । 

स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइ निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । मृतक जोशीका श्रीमान्, दुई छोरी र दुई छोरा छन् ।
 

प्रतिक्रिया