गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:५४

गौमुलका करार कर्मचारीको तलब १० प्रतिशत वृद्धि, स्थायी कर्मचारीलाई संघीय दर अनुसार सुविधा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १०, २०८३
गौमुलका करार कर्मचारीको तलब १० प्रतिशत वृद्धि, स्थायी कर्मचारीलाई संघीय दर अनुसार सुविधा

बाजुरा ः गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि सार्वजनिक गरेको जनमुखी, विकासमुखी तथा समृद्धिमुखी बजेटमार्फत कर्मचारीहरूको मनोबल उच्च बनाउने महत्वपूर्ण निर्णय गरेको छ ।

गाउँपालिकाले स्थायी कर्मचारीको तलब संघीय सरकारले निर्धारण गरे अनुसार वृद्धि गर्ने तथा करार सेवामा कार्यरत कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सीता थापाले गाउँसभामा बजेट प्रस्तुत गर्दै कर्मचारीको पेशागत मनोबल वृद्धि, सेवा प्रवाहको प्रभावकारिता तथा संस्थागत क्षमता सुदृढीकरणका लागि उक्त व्यवस्था गरिएको बताएकी छन् ।

गाउँपालिकाले कर्मचारीमैत्री नीति अवलम्बन गर्दै सेवाग्राहीलाई थप गुणस्तरीय, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीको हौसला बढाउने निर्णयले सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, रोजगारी तथा सुशासनका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया